'अन्तरराष्ट्रिय विधार्थी आन्दोलन' भनेको के हो ?

'अन्तरराष्ट्रिय विधार्थी आन्दोलन' भनेको के हो ?

अन्तरराष्ट्रिय विधार्थी आन्दोलन (ISM) संसारभरका शैक्षिक व्यापारिकरण विरुद्ध संघर्षसील व्यक्ती तथा समूहहरुको मञ्च हो । यस मञ्चमा नेट्वोर्क विस्तार , सूचनाको आदान्-प्रदान तथा विरोध कार्यक्रम संयोजन गरिन्छ । यो मञ्च शैक्षीक व्यापारीकरण , निजीकरणका विरुद्ध तथा नि:शुल्क र व्यवधानरहित शिक्षाको लागि सकृय छ ।

 
यो आन्दोलनको (ISM) सुरुवात मर्बुर्ग विश्वविद्यालय जर्मनीमा (Germany) भएको थियो र यो आन्दोलन कुनै पनि राजनैतीक दल , युनियन , वा अन्य संगठनसंग  आवद्ध छैन ।
 
यो आन्दोलन नितान्त जनस्तरबाट संचालीत र सक्रिय सहभागीताकालागि सधैं खुला छ ।
यस आन्दोलनमा विद्यार्थी , शिक्षक , अविभावक , मजदुर , ..... , जो कोहि
पनि आवद्ध रही सक्रिय हुन सक्छन ।
 
विभिन्न देशहरुमा विभिन्न सक्रिय समूहहरुबीच आफ्नै भाषामा कार्यक्रम भैरहेको छ ।
 
सूचना आदान-प्रदान तथा कार्यसंयोजनका लागि निम्न साधनहरुको प्रयोग भैरहेको छ :
  • यो वेबसाइट [ सूचना आदान-प्रदान गर्न  ]
  • यो वेबसाइटमा रहेको फोरम [ छलफल गर्न, नेटवर्क विस्तार गर्न, कार्य संयोजन गर्न ]
  •  इ-मेल ठेगना सूची , जसमा संसारभरका सदस्यका इ-मेल ठेगाना रहेको हुन्छ ।
  • महिनाको २ पटक अन्तरराष्ट्रिय च्याट बैठक [ कार्यसंयोजन गर्न, नेटवर्क विस्तार गर्न, छलफल गर्न ; सो घोषणा यसमा र इ-मेल ठेगाना सूची मार्फत गरिन्छ  । ]
  • विकि [ सूचीत गर्न र नेटवर्क विस्तार गर्न । ]
  • ट्वीटर च्यानल [ सूचना फैलाउन ]
हालसम्मको कार्यसंयोजनबाट निम्न विश्वव्यापी कार्यक्रम सम्पन्न भएका छन् :
सम्पर्क व्यक्तीहरू :